माघ ३ – अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को ट्रेलर सार्वजनिक गरिएको छ । यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल-२ को ट्रेलरमा कार्तिक र साराको प्रेम कहानीलाई देखाइएको छ ।

फिल्म पुर्णरुपमा प्रेम कथामा बनेको ट्रेलरबाट प्रष्ट हुन्छ । ट्रेलरमा दुवैको प्रेम प्रसंगलाई देखाइएको छ । यस अघि विहिबार फिल्मको पोष्टर रिलिज गरिएको थियो, जसमा कार्तिक र साराले फेरी एक पटक सबैको ध्यान आफूतिर खिचेका थिए ।

यो फिल्म साराका पिता सैफअली खान र दिपीका पादुकोणले शिर्ष भूमिका निभाएको सन् सन् २००९ मा रिलिज भएको सुपरहिट फिल्म लव आजकलको सिक्वेल हो ।

यस फिल्ममा कार्तिक र साराक अलावा रणदीप हुद्दा, आरुषी शर्मा प्रमुख भूमिकामा रहेका छन् । फिल्म शुटिंगकै क्रममा कार्तिक र साराको अफ्येर्स र ब्रेक मिडियाका लागि हेडलाइन बनेका थिए । अहिले दुवै एकअर्काबाट अलग भएको मिडिया रिपोर्ट आइरहेको छ ।

फिल्म फेब्रुअरी १४ मा रिलिज हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।