माघ ३ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताएका छन्।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए। मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताए। वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गरे।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।