माघ ३- २ माघदेखिको निरन्तर पानी परेका कारण शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको खेल एन्फा कम्पेल्समा हुने भएको छ।

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशरथ रंगशलाामा हुने भनिएको मछिन्द्र र हिमालयन शेर्पा क्लबको खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने भएको छ।

निरन्तरको वर्षाका कारण खेल एन्फा मुख्यालयको मैदानमा सार्नु परेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ।

‘भारी वर्षाका कारण हिमालयन शेर्पा र मछिन्द्रबीचको खेल एन्फा कम्प्लेक्समा सारिएको छ। यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्राथी छौं,’ एन्फाले भनेको छ।

खेल आज दिउँसो ३ बजे हुनेछ। मछिन्द्र क्लब १३ अंकका साथ शीर्ष स्थानमा छ भने हिमालयन शेर्पा ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।