माघ ३ – विश्वकै होचा व्यक्तिको किर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ। मुख्य गरी श्वासप्रश्वासमा समस्या देखिएको खगेन्द्रको शुक्रवार दिउँसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो मात्र अस्पतालमा भर्ना गरिएको थियो।

मणिपाल अस्पतालको सघन उपचारकक्ष आइसियु मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए।

खगेन्द्रको मृत्यु कुन रोगको कारण हो भन्ने वारेमा खुलाइएको छैन। अस्पताल स्रोतले रिपोर्ट आएपछिमात्र भन्न सकिने जनाएको छ।

खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।