सांकेतिक तस्विर

हेटौँडा ३,माघ,
माघ महिनामा हिजोबाट परेको झरीको कारण मकवानपुरको हेटौँडाबाट काठमाण्डौँ जाने छोटो दुरीको मार्ग हेटौँडा-सिस्नेरी-काठमाण्डौँ सडक अवरुद्ध भएको छ ।
हिजो साँझबाट भएको वर्षातको कारण काठमाण्डौँ जिल्लाको दक्षिणकाली मन्दिर नजिकै पहिरो जाँदा सडक बन्द भएको हो । उक्त मार्ग बन्द हुदा सो बाटो भएर चल्ने सबारीसाधा सडकमानै रोकिएको प्रहरीले जनाएको छ । हाल अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।