हेटौंडा, ३ माघ – पूर्वपश्चिमराज अन्र्तगत मकवानपुरको बसामाडीमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ६५६ नम्बरको सिमेन्ट लोड भएको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट चितवन रत्नगर घरभई बसामाडीको चाउमिन उद्योगमा काम गर्ने वर्ष ३५ को अम्मर पुन मगर युवकको मृत्यु भएको प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।

घाइतेको उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले बताए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।