माघ ३ – द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्‍याउन सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा नेकपा सदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो । पटकपटक अवधि थप्दासमेत काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारी विहीन भएका छन् ।

नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको सिफारिस समितिले बनेको ६१ जनाको नाम सिफारिस गरिसकेको छ । आयोगका लागि नया कानुन बनाउने सम्बन्धमा समेत छलफल भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।