file photo/khabarbreak.com

हेटौँडा,३, माघ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघिय नेपालमा प्रदेशको अस्तित्वनै खतरामा रहेको बताएका छन् ।  संघिय सांसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा वागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सुरु भएको “विकास र समृद्धिमा अन्तरतह समन्वय”विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संघियतानै धरापमा रहेको अभिब्यक्ति दिएका हुन् ।

संविधानले दिएको अधिकारलाईनै पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार पुगेको कारण पनि संघियता खतरामा रहेको उनको भनाई रहेको छ । उनले भने : यस्तो पाराले कसरी प्रदेश सरकार अघि बढन् सक्छ, केहि काम गर्न खोज्दा माथीबाट घाँटीनै समात्ने काम हुन्छ अनि यो पाराले कसरी समृद्धि हाँसिल हुन्छ ।
उनले कामको वर्गीकरण नहुँदा समेत प्रदेश सरकारले सोचे अनुसारको क्रियाकलाप गर्न नसकेको बताए । प्रदेशले के कस्तो काम गर्ने भन्नेबारे अझैपनि अन्यौलता रहेको भन्दै उनले यो पाराले परिवर्तन कसरी संभव छ भन्दै प्रश्न समेत गरे । नेपालमा ठुलाठुला राजनीतिक परिवर्तन भएपनि मानिसहरुको दिमागमा कुनै परिवर्तन देखा नपरेको भन्दै चिन्ता ब्यक्त समेत गरे ।

दुई दिनसम्म हेटौँडामा हुने कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, वागमती प्रदेशका विभिन्न विषयगत समितिका सभापतिहरुको समेत आतिथ्यता रहेको छ । कार्यक्रम संघिय सांसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।