माघ ३ – गायिका रास्था राउत अहिले विवादमा परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका रास्था राउतले आपत्ति जनाएको भिडियो सार्वजनिक गरेपछि उनी विवादमा परेकी छन् । प्रहरीमाथि अपशब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन् भने उनीविरुद्ध विमानस्थलमा खटिएकी महिला प्रहरी रमिता श्रेष्ठले कारबाहीको माग गर्दै उजुरी दिएकी छन् ।

यसपछि शुक्रबार दिउँसो भावुक हुँदै फेसबुक लाइभमा आएकी गायिका आस्था राउतले दुई दिन अगाडिसम्म ज्याकेट खोल्न नलगाएको तर बिहीबार प्रहरीबाट आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन् । आफू सभ्य हुँदा हुँदै पनि प्रहरीको व्यवहारका कारण आफू आक्रोशित भएको बताएकी छन् । मरेर जाने चोला झुटो बोल्दिन भन्दै फेसबुक लाइभमा उनले सत्यतथ्य बुझेर मात्रै कमेन्ट गर्न पनि सामाजिक प्रयोगकर्तालाई सुझाव दिएकी छन् ।

Satya Dudh ko Dudh Pani ko Pani 🙏🏼

Posted by Astha Raut on Friday, January 17, 2020


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।