माघ,३ सत्तारुढ दल नेकपाको अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच प्रचण्ड निवास बालुवाटारमा सभामुखको उम्मेद्वार टुंगो लगाउने विषयमा झण्डै तीन घण्टा छलफल भएको छ । छलफलको क्रममा सभामुख पुर्व माओवादी केन्द्रले पाउने सहमति बनेको नेकपा श्रोतले दाबी गरेको छ ।
सभामुखको विषयलाई लिएर भएको छलफलको क्रममा दुईजना अध्यक्षले निकै गम्भिर भएर कुरा गरेपछि सहमति जुटेको श्रोतको दाब्ी छ । श्रोतको अनुसार सभामुखको नाममा टुंगो अmभै नलागेको भएपनि अग्नि सापकोटा सबैभन्दा बलियो दाबेदार रहेका छन् ।

दुई अध्यक्षबीच सभामुख चयनकै विषयमा छलफल भएको र छलफल सकारात्मक भएको स्रोतले बताएको छ।
दुई नेताबीच सभामुखको विषयलाई लिएर यस अघि बढेको दुरी कम गर्दै र सहमतिमा सभामुखको उम्मेदवार चयन गर्नेबारेमा केन्द्रीत भएको स्रोतको दावी छ।
दुई अध्यक्ष छलफलमा बस्नु अगाडि प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य पोखरेल र नेता सुवास नेम्बाङसँग आन्तरिक छलफल गरेका थिए। उता दाहालले पनि खुमलटार निवासमै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, जर्नादन शर्मालगायतसँग छलफल गरेका थिए।

प्रचण्डले सभामुख आफ्नो पक्षलाई दिनैपर्ने अडान राखेपछि ओली सकारात्मक बनेको बताइएको छ। पूर्व माओवादीलाई सभामुख दिन ओली सहमत भएपनि आफूलाई स्वीकार्य हुने उम्मेद्वार दिन प्रचण्डलाई आग्रह गरेको स्रोतले बताएको छ।

शुक्रबार थप छलफल गरी त्यसपछि सचिवालय बैठक बोलाइ माघ ६ अगाडि नै पार्टीका तर्फबाट सभामुखको उम्मेदवार चयन गरिसक्ने तयारीमा दुवै अध्यक्ष गम्भिरतापूर्वक लागेको बालुवाटार स्रोतले बताएकोछ ।
वागमती प्रदेशका


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।