हेटौंडा, २ माघ । मकवानपुरे पत्रकार मनोहर ढकालको हत्यामा संलग्न रहेको दुईजनालाई जिल्ला अदालत मकवानपुरले ३९ वर्ष कैद फैसला सुनाएको छ । ढकाललाई हत्या तथा उनलाई डकैत गरेको आरोपमा उनीहरुलाई ३९ वर्ष कैद फैसला गरेको हो । २०७५ साल पुस २५ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर १ भैरबडाँडामा हत्या गरिएका ढकालको हत्यामा संलग्न भएका हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाईवालाई हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले उक्त फैसला गरेको हो ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार केशवराज कौशिकले बताए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ढकाललाई भैरव डाँडाको एकान्तमा पुडासैनी र वाईवाले मोटरसाईकलबाट लडाएर ढुंगा प्रहार गरि हत्या गरेको वयान दिएका थिए । हातमा औठी देखेपछि लुटने उदेश्यले उनीमाथी आक्रमण गरेको उनीहरुले बयानमा भनेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।