माघ २ – निलम्बनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

पदको दुरुपयोग गरेको अभियोगमा सरकारले श्रेष्टमाथि छानबिन गरेको थियो । छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै उनलाई मन्त्रिपरिषदले निर्दोष रहेको ठहर गरेको हो ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मी संयोजक रहेको अध्ययन समितिले सरकारलाई २ साता अघि प्रतिवेदन बुझाएको थियो ।

अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि प्रतिवेदन अध्ययन गर्दै उनी निर्दोष रहेको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

श्रेष्ठमाथि सम्पति शुद्धिकरणमा असहयोग गरेको आरोप लागेको थियो । सरकारले निर्दोष ठहराएसँगै श्रेष्ठलाई डेपुटी गभर्नर पुनर्वहाली भएर काम गर्ने बाटो खुलेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।