एजेन्सी, २ माघ । यूरोपियन फुटबल महासंघले ‘सर्वाेत्कृष्ट फुटबल टिम २०१९’ घोषणा गरेको छ । सात नयाँ अनुहारसहित सार्वजनिक गरिएको टिममा विश्वका उत्कृष्ट एघार खेलाडीहरू अटाएका छन् ।

लिभरपुलका पाँच, युभेन्टस र बार्सिलोनाका समान दुई, बार्यन म्युनिख र म्यानचेस्टर सिटीका एक एक खेलाडीसहित एघार खेलाडीको सूचि यूईएफएले आफ्नो आधिकारिक वेभसाइटमा सार्वजनिक गरेको हो । ४–२–४ को फर्मेशनमा रहेको टिमको गोलरक्षकमा लिभरपुलका एलिसन बेकर छन् । टिमका चार डिफेन्डरमा युभेन्टसका म्याथेजिस डे लाइट, लिभरपुलका भर्जिल भान डाइक, ट्रेन्ट एलेक्जेन्डर आर्नाेल्ड र एन्डी रर्बटसन रहेका छन् भने टिमका दुई मिडफिल्डरमा बार्सिलोनाका फ्रेन्की डि योङ र म्यानचेस्टर सिटीका केभिन डी ब्रायन रहेका छन् ।

अग्रपंत्तिमा चार फरवार्ड रहेको टिममा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र बार्यनका रोबर्ट लेवानडोस्की रहेका छन् । छ महिनामा २० लाखभन्दा बढी समर्थकबाट लिइएको भोटको आधारमा टिमको घोषणा गरिएको यूईएफले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।