कोपा ईटालिया फुटबल अन्तर्गत गएराति भएको खेलमा शानदार जित हात पार्दै युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक(एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १(० को अग्रता बनाएका थिए । खेलको२६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले ब्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनी खेल मैदानमा उत्रिएका थिएनन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।