दशौं दिनमा रिले अनशन बसेका विद्यार्थीहरु

हेटौंडा,२ माघ,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु रिले अनशनमा बसेको आज १० दिन पुगेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा भएको भारी शुल्कबृद्धि तथा सतप्रतिशत भर्ना शुल्क बृद्धिको खारेजीको माग गर्दै गत पुस २२ गते देखि स्ववियु, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन बसिरहेका छन् । गत पुस २० गते (आईतबार) क्याम्पस सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

पुस २२ गते (मंगलबार) बाट सुरु भएको विद्यार्थीको अनशनलाई क्याम्पस सञ्चालक समिति तथा प्रशासनले संवोधन गर्न सकेको छैन् । अनशन लगाएतको विरोधको कार्यक्रमले क्याम्पसको पठनपाठनमा समेत प्रभाव पारेको छ । शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने अनशनरत स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसी बताए ।

अनेरास्ववियु केन्द्रीय कमिटिको ध्यानाकर्षण :

अनेरास्ववियु केन्द्रीय कमिटिको ध्यानाकर्षण अनेरास्ववियु केन्द्रीय समितिको पहिलो बैठकले मकवानपुर बहुमुखी क्याम्पसमा भइरहेको आन्दोलनबारे ध्यानाकषर्ण जनाएको छ ।

संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन रहेको र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको जनाएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।