Image result for angry fat woman

 २ माघ । रिस उठ्दा शरीरमा स–साना परिवर्तन आउन थाल्छन् । रिस उठ्दा अनुहार रातो हुनु, शरीर काप्नु, आँखा रातो हुनु, सोच्ने र बुझ्ने शक्ति गुमाउनु जस्ता परिवर्तनहरू आउने गर्छ ।

रिस उठ्दा वा आफुले सोचेको भन्दा फरक स्थिति उत्पन्न भएमा शरीरमा एड्रेनेलिन, सिएचआर र कार्टिसोल हर्मोन दिमागले रिलिज गर्छ । एड्रेनेलिन हर्मोनका कारण रिस उठ्छ र शरीरले अत्यधिक मात्रामा इनर्जी रिलिज गर्ने हुदा रगत प्रवाह बढेर शरीर तातो र रातो हुन्छ ।

रिस शान्त हुँदा एड्रेनेलिनको स्तर घट्न थाल्छ । कार्टिसोल हर्मोनले रिसलाई तुरुन्त शान्त हुन नदिने हुँदा थोरै समयका लागि मानिस चिन्ता तथा सोचमा हराउँछ । कार्टिसोल हर्मोनले रिसको बेलामा रिलिज गरिएको ऊर्जालाई फिर्ता पाउनका लागि भोक लागेको संकेत पठाउने गर्छ । यही कारण चिन्ता तथा तनाव लागेको बेलामा धेरे भोक लाग्ने गर्छ ।

रिसले सोच्ने तथा बुझ्ने योग्यतामा पनि असर पुर्‍याउँछ । धेरै मानिसहरू रिसको झोकमा स्वास्थ्य नभए पनि धेरै खाने गर्छन् । कार्टिसोल हर्मोनले शरीरको मेटाबोलिजमलाई ढिलो बनाएर खाएको खाना पूर्ण रुपमा ऊर्जामा परिवर्तन नभई बोसोमा परिवर्तन गर्न थाल्छ । धेरै जसो पेट र कम्मरमा बोसो जम्मा हुन्छ । डिप्रेशन र तनावमा भएका व्यक्तिहरूको पेट वरिपरिको भागमा बोसोको पत्र जम्मा हुन थाल्छ । अत्यधिक रिसाउँदा तपाईंको सोच्ने बुझ्ने क्षमतामा ह्रास आउछ । तर, रिस शान्त भइसकेपछि केही कुरामा ध्यान दिए मोटोपनाबाट बच्न सकिन्छ । रिस शान्त भएपछि तुरुन्त एक गिलास चिसो पानी पिउनुपर्छ । यसले शरीरको तापक्रम कम गर्नुका साथै भोक पनि शान्त गराउछ । यदि असाध्यै भोक लागेको महसुस हुन्छ भने अस्वस्थकर खानुको साटो हल्का वा कम क्यालोरी भएको खाना खानुपर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।