सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, दुई विकेट सहित मेडन ओभर

जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । पर्थ सोचर्स विरुद्ध सन्दीपले मेडन ओभर फाल्दै दुई विकेट लिएका छन् । व्यक्तिगत तीन ओभर बलिङ गरेका सन्दीपले दुई विकेट सहित सात रन मात्रै दिएका छन् ।

टस जितेर सन्दीप आवद्ध टीम मेलबर्न स्टार्सलाई पहिले फिल्डिङको निम्तो दिएको थियो । तर, सन्दीप सहित स्टार्सका बलर चम्किदा पर्थ १३.५ ओभरमै अलआउट हुँदै पर्थले ८७ रनको सामान्य लक्ष्य दिएको छ ।

मेलबर्नका लागि ज्याक्सन कोलेमनले तीन विकेट लिए । माक्सवेल, रउफ र नाथान कउल्टरले एक–एक विकेट लिए । पर्थका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।