file photo

लण्डन । कहिलेकाहीँ हामी बिर्सेकोमा गुनासो गर्छौं । कुनै सामान किन्न बजार जान्छौं तर गएपछि के किन्ने भनेर बिर्सन्छौं । मेहनेतका साथ पढेर जाँच दिन जान्छौं तर लेख्ने बेलामा आधा बिर्सन्छौं ।  कोही साथी धेरै दिनपछि भेट भयो भने उसको नाम नै बिर्सन्छौं । एउटा कोठाबाट उठेर अर्को कोठामा जान्छौंं तर के लिन गएको हो भन्ने बारेमा बिर्सन्छौं ।  बैज्ञानिकहरुले आफ्नो स्मरणशक्तिलाई राम्रो बनाउनका लागि वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका केही कुराहरु सार्वजनिक गरिएका छन् । यी केही तरिकाले आफ्नो स्मरण शक्ति बढाउन सकिने उनीहरुले जनाएका छन् :

पछाडि फर्केर हेर्नुस्
पुराना कुरा बिर्सेर अघि बढ्नु राम्रो भन्ने गरिए पनि बैज्ञानिकहरुले  पुराना कुरा संझिएमा हाम्रो स्मरण शक्ति राम्रो हुने बताएका छन् । हालै भएको एक अनुसन्धानले देखाए अनुसार जब हामीले पुराना कुरा संझिन्छौं त्यसपछि नै हाम्रो स्मरण ताजा भएर जान्छ । त्यसैले पुराना कुरा संझने प्रयास गरौं ।

तस्बिर बनाउनुस्
सामान किन्न जाँदा हामी अक्सर सामानको सूची बनाउने गर्छौ । तर, आफ्नो यादलाई राम्रो गर्ने हो भने सामानको सूची होइन त्यसको तस्बिर बनाउनु राम्रो हो ।  जसले यस्तो गर्छन् उनीहरुको स्मरण शक्ति राम्रो हुने बताइएको छ । यसो गर्दा डिमेशिया जस्तो रोगका बिरामीलाई पनि फाइदा गर्छ । उनीहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ । वैज्ञानिकहरुका अनुसार कुनै तस्बिर बनाएको बेलामा सो वस्तुको आकार प्रकारबारेमा गहिराइमा सोचिन्छ ।

उपयुक्त समयमा कसरत गर्नुस्
यो कुरा साबित भइसकेको छ कि नियमित रुपमा कसरत गरेमा स्मरण शक्ति बढ्छ । मसललाई नियमित रुपमा चलाएमा स्मरण शक्ति बढेको पाइएको छ । यद्यपि अनुसन्धानले यसका लागि समय भने सही हुनु जरुरी रहेको जनाएको छ । यसले आफ्नो स्मरणलाई राम्रो गर्न मद्यत गर्नेछ । यद्यपि त्यो समय कुन हुनु राम्रो हो भन्ने बारेमा वैज्ञानिकहरुले अझैपनि अनुसन्धान गरिरहेका छन् ।

ब्रेक लिनुस्
हेरियट वाट युनिभर्सिटीका माइकेला डेवरले यसबारेमा गरेको अनुसन्धानमा कुनै मानिसले स्मरण गर्नासाथै तुरुन्तै ब्रेक लिएमा उसलाई सबै कुरा याद हुन्छ । त्यसैले तपाई पनि कुनै लेखपढपछि केही बेर शान्त भएर बस्नुस् । केही पनि नगर्नुस् । बसिरहनुस् वा ढल्किनुस् । यसले तपाईंको स्मरण शक्ति बढाउने मद्यत गर्नेछ ।

एक निन्द्रा सुत्नुस्
यदि तपाईंलाई माथि उल्लेख गरिएका स्मरण बढाउने तरिका अप्ठेरा लाग्छन् भने केही बेर सुत्नुस् । थुप्रै अनुसन्धानहरुले सुत्दा हाम्रो स्मरण शक्ति बढ्ने देखाएका छन् । जो मानिस नियमित रुपले यसो गर्छन् उसले त्यसको फाइदा लिन सक्छन् । (बीबीसी) 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।