Image result for नेता चन्द्र लामाहेटौँडा,माघ, १।
प्रदेशको राजधानी र नामाकरणको टुंगो लगाएपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब चाँडैनै मन्त्रीपरिषदको विस्तार गर्ने तयारी थालेका छन् ।
राजधानीको टुंगो लागेपछि मात्र ११ सदस्यीय मन्त्रीपरिषद बनाउन लाग्ने संकेत उनले पटक पटक दिएका थिए । सोहि अनुरुप उनले अबको केहिदिनभित्र मन्त्रीपरिषद विस्तार गर्ने संभावना रहेको मुख्यमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

श्रोतको अनुसार यो पटक मन्त्रीपरिषदमा काभ्रे जिल्लाबाट नेकपा सांसद तथा युवा नेता चन्द्र लामालाई मन्त्री बनाउने तयारी छ । प्रदेशको राजधानीको लागि चर्चामा रहेको काभ्रे जिल्लाका प्रदेशसभा सांसदलाई यो पटक विस्तार हुने मन्त्रीपरिषदमा स्थान दिने विषयमा मुख्यमन्त्री पौडेल गम्भिर रहेको र त्यो नाम लामा हुनसक्ने श्रोतको भनाई छ । राजधानी काभ्रेनै हुनुपर्छ भन्ने शसक्त अडान राखेका लामाले अन्तिममा नेकपाको सचिवालयको निर्णयलाई आत्मसाथ गर्दै हेटौँडाकै पक्षमा मतदान गरेका थिए ।
काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नंबर १ को क बाट गणेश लामालाई पराजित गरेका चन्द्र लामा नेकपाका लोकप्रिय युवा नेता हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।