१ माघ,तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्ने भएको छ । फिल्मको नेपाली भर्सनको निर्माण अनुमति युवा फिल्म्सले लिएको छ । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । पहिलो पटक विदेशी फिल्मको राइट्स लिएर नेपाली फिल्म निर्माण हुन लागेको हो ।

साउथ इन्डियन चलचित्र ‘अर्जुन रेड्डी’को आधिकारिक कपि राइट लिएर बलिउडका चर्चित अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कवीर सिंह’को निर्माण गरिएको थियो । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका कारण ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बनाउनु चुनौतीपूर्ण काम रहेको युवा निर्माता केशव खड्काले बताए । नेपाली फिल्मलाई विश्वमाझ पु¥याउने उनको विश्वास छ ।

तलेगु फिल्म ‘अर्जुन रेड्डी’ र हिन्दी ‘कवीर सिंह’ पूरै उस्तै नभएको र यी दुईको क्लाइमेक्समा केही परिवर्तन गरिएको थियो । त्यस्तै, नेपाली रिमेकमा पनि केही परिर्वतन गरिने कुरा भएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् । केही दिनमा यसको टुंगो लाग्ने निर्माण टिमले बताएको छ । केही समयअगाडि ज्योतिष अभिनेता हरिहर अधिकारीलाई लिएर फिल्म निर्माण गर्ने चर्चा चलेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।