पुष २९ – शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा अंकतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले आठौं स्थानमा रहेको संकटा क्लबसँग खेल्नेछ।

त्रिभुवन आर्मी क्लब पाँच खेल खेलेर ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जितेको खण्डमा आर्मीलाई तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ। अहिले शीर्षस्थानमा रहेको मछिन्द्रको १३ अंक छ।

यता संकटा क्लब पाँच खेल खेलेर २ जित, २ हार र १ बराबरी खेल्दै तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा संकटा क्लब तालिकाको चौथो स्थानसम्म उक्लन सक्छ।

आर्मीका कप्तान भरत खवास यसअघिको सरस्वती युथ क्लबसँगको खेलमा खेल १३ मिनेटमै चोटका कारण बाहिरिएका थिए। आजको खेलमा पनि उनले खेल्ने सम्भावना कम रहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।