पुष २९ – सार्वजनिक बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए।

पछि उनी आफैँले त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो।

युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका प्रहरीले जनाएको छ। अश्लील हर्कत गर्ने युवक र पीडित युवती दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीको खोजी सूचीमा रहेका ती युवक एक वर्षदेखि फरार थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।