मुसिकोट नगरपालिका ७ बामी अर्जायाका एकै परिवारका तीन भाइको मिर्गौला फेल भएर मृत्यु भएको छ। अर्का एक भाइ मिर्गौला फेल भएकै कारण जीवन मरणको दोसाँधमा छन्।

स्वर्गीय कलाधर न्यौपानेका पाँच भाइ छोरामध्ये तीन भाइको मिर्गौला फेल भएकै कारण मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्। कान्छाछोरा भोला न्यौपाने डेढ वर्षदेखि मिर्गौला रोगले थलिएका छन्। जेठा दाजु प्रकाश, माइला दाजु तारापति र साइँला दाजु डिलारामको मिर्गौला फेल भएकै कारण मृत्यु भएको भोलाले बताए। भोलाका काइँला दाजु सुरज भने बैदेशिक रोजगारीको सिलशिलामा साउदी अरबमा छन्।

उनलाई मिर्गौला समस्या छ छैन खुलेको छैन। पाँच भाइ छोराका पिता कलाधरको पनि ०५५ सालमा मिर्गौला फेल भएरै मृत्यु भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।