पुष २९ – पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै हेटौंडामा सञ्चालनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ ।

होटलले हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले साँझलाई रोमान्चकता भर्ने होटलका म्यानेज नकुल गिरीले जानकारी दिए । माघको १ गते गर्न लागिएको साँझ होटलको रुफटपमा रहेको सुर्यान्स रेष्टुरेन्टमा हुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने र साँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको म्यानेजर गिरीले बताए ।

आन्तरीक तथा बाहिरबाट आएका ग्रहकका लागि पर्वको रौनकताका भर्नका लागि होटलले गजलसाँझ गर्न लागेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।