Related imageहेटौँडा,२९, पुस ।
बागमती प्रदेशको मन्त्रीपरिषद विस्तारको चर्चा बढेसँगै मकवानपुरबाट थप एकजना मन्त्रीमण्डलमा पर्ने संभावना बढेको छ । सात सदस्यीय मन्त्रीमण्डललाई बढाएर ११ सदस्यीय बनाउने तयारीमा लागेका मुख्यमन्त्री डोरमणी पौडेलले ५जना नया अनुहारलाई मन्त्री बनाउने छन् ।

हाल ६ सदस्यीय रहेको मन्त्रीमण्डलमा एकजना पनि महिला नहुँदा आलोचना खेप्दै आएको वागमती प्रदेशमा महिलालाई मन्त्रीपरिषदमा स्थान दिँदा नेकपा केन्द्रीय सदस्य समेत रहेकि मकवानपुरे नेता कुमारी मोक्तान मन्त्री बन्ने लगभग पक्कापक्की भएको श्रोतको दाबी छ ।

पहिलो पटकनै मन्त्रीमण्डल विस्तार हुँदा मन्त्री बन्ने लिस्टमा रहेकी मोक्तानलाई अन्तिममा आएर मन्त्री बनाईएको थिएन् । मन्त्रीबन्नेबारे खबरब्रेकले लिएको प्रतिक्रियामा मोक्तानले पार्टीले दिएको जुनसुकै जिम्मेवारी बहन गर्न आफु तयार रहने बताईन् ।
मकवानपुरको क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभाबाट निर्वाचित मोक्तान नेकपा मकवानपुरकी सहइन्चार्ज समेत हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।