पुष २९ – एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान ल्याएको छ। योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र  भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो आकर्षक योजना मंगलबार देखि लागु हुनेछ । कम्पनीका अनुसार दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ। दुई जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित ९५ रुपैयाँ ७७ पैसामा दुई जिबी डेटा भोलुम पाउने कम्पनीले जनाएको छ। एनसेल नेटवर्क भित्र कर सहितमात्र एक रुपैयाँ २८ पैसा प्रति मिनेटमा भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ६ जिबी प्लानअन्तर्गत ग्राहकले कर सहित १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) पाउने छन्। प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि,एनसेलको भिडियो पोर्टल तथा गुगल चलाउन पाउने कम्पनीले जनाएको छ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुन्छ । ग्राहकले  एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान लिन सक्ने कम्पनीले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।