हेटौंडा, २९ पुष – मकवानपुर उद्योग बाणिज्य संघले उद्योग संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा सोमबार स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवालले उद्योग संघ मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नुह“ुदै हेटौंडा राजधानी हुनु पहु“चका हिसावले सहज हुने भएकोले समग्र उद्योगी÷व्यवसायीहरुको समस्याहरु समाधानको पहल गर्ने दायित्व बढेको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष कटुवालले कर, बैंक व्याज जस्ता विषयहरुले सिर्जना गरेको समस्याहरुको बारेमा चर्चा गर्नुभयो । मुख्यमन्त्री, प्रमुख प्रतिपक्षि दलका नेता स्थानीय भएकोले हेटौंडा राजधानी घोषणा सहज भएको पनि उहा“ले बताउनु भयो । सडक विस्तारको विषयमा मउवासंघले गरेको पहलको बारेमा छलफलमा जानकारी पनि गराउनु भएको थियो ।

संघको कार्यालयमा भएको परिचय तथा सम्मानपश्चात बोल्नुहुदै उद्योग संघ मकवानपुरका नबनिर्वाचित अध्यक्ष लेखराज पोखरेलले हेटौंडा प्रदेश राजधानी भएकोले अव संघहरुले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । औद्योगिक विधेयक पारित भई लागू हुने चरणमा रहेको र विधेयकका केही प्रावधानहरुमा समस्या देखिएको उहा“ले बताउनु भयो । सडक विस्तारको विषय पनि छिट्टै टुङ्गिनु पर्ने विचार व्यक्त गर्नुहुदै उत्पापदनमूलक उद्योगीहरुकोलागि एक अंकको व्याजदर हुनुपर्ने बताउनुभयो । उहा“ले सामाजिक सुरक्षा कोष, सि.बि.ए. तथा न्यूनतम वेतन जस्ता विषयहरु बारे पनि आफ्नो धारणा राख्नुभएको थियो ।


कार्यक्रममा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, सचिव विष्णुगोपाल महर्जन, कासस रवि कडेल शर्मालगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका उपाध्यक्ष बद्रीनाथ शर्मा, महासचिव बासु कार्की, कोषाध्यक्ष किशोर अर्याल, सचिव शिवहरि आचार्य, सहकोषाध्यक्ष श्याम ढकाललगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यसैगरी मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, महिला उद्यमी सभापति निलम वैद्यलगायत संघका कार्यसमिति सदस्यहरु र महिला उद्यमी सदस्यहरुको उपस्थिति रहेको थियो । दुवै संघले सहकार्य गरी अघि बढदा नीतिगत प्रावधानहरु उद्योग÷व्यवसाय मैत्री बनाउन बल पुग्ने छलफलमा चर्चा गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।