पुष २८ – हिजो आज कार्यालयदेखि घर सबै तिर विन्डोज ७ को प्रयोग हुन्छ । यस अपरेटिङ्ग सिस्टमको इन्टरफेस निकै सजिलो छ ।

माइक्रोसफ्टले आफ्नो प्रयोगकर्ताको अनुभव राम्रो बनाउनको लागि यस अपरेटिङ्ग सिस्टममा नयाँ फिचर्स दिएको छ । तर कम्पनीले १४ जनावरी २०२० बाट विन्डोज ७ सपोर्ट नहुने बताएको छ ।

अब प्रख्यात विन्डोज ७ बन्द हुने भएको छ । साथै प्रयोगकर्तालाई आगामी दिनमा यस अपरेटिङ्ग सिस्टमको कुनै प्रकारको अपडेट मिल्ने छैन ।

माइक्रोसफ्ट उक्त सफ्टवेयर २००९ मा लन्च गरेको थियो । कम्पनीले प्रयोगकर्तालाई नोटिफिकेशनको मार्फत विन्डोज ७ बन्द हुने जानकारी दिएको छ ।

अब के हुन्छ विन्डोज ७ ? 

१४ जनावरीमा किन बन्द हुदै छ विन्डोज ७ ? माइक्रोसफ्टले विन्डोज ७ लाई बन्द गर्ने पक्का भएको छ तर त्यस पछि पनि प्रयोगकर्ता यस सिस्टमलाई सजिलै प्रयोग गर्न सक्छन् । १४ जनावरी पछि प्रयोगकर्तालाई कुनै प्रकारको अपडेट प्राप्त हुनेछैन । त्यसैले कम्प्यूटर वा ल्यापटपमा भने ह्याकिंग हुन सक्ने सम्भावना धेरै हुन्छ । यो संगै प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक बाहिर आउन सक्ने सम्भावना बढी हुन्छ ।

अपडेट गर्नुपर्नेमा ८० करोड भन्दा धेरै कम्प्युटर 

मिडिया रिपोर्टको अनुसार , यस समय विश्वमा ८० करोड भन्दा धेरै प्रयोगकर्ता विन्डोज १० को प्रयोग गरिरहेका छन् । अब सबै प्रयोगकर्तालाई आफ्नो  कम्प्यूटर र ल्यापटप अपग्रेड गर्नु पर्ने हुन्छ । तर पनि यदि विन्डोज ७ उपयोग नगर्ने हो भने विन्डोज १० अपनाउनु पर्नेछ ।

विन्डोज १० अपग्रेड गर्नको लागि कस्तो प्रोसेसर आवस्यक हुन्छ । विन्डोज १० मा अपग्रेड गर्नको लागि पिसी वा ल्यापटपको प्रोसेसर स्पीड मिनिमम एक गीगा हर्ज हुनुपर्छ ।

विन्डोज १० को लागि कम-से-कम पिसी या ल्यापटपमा दुई जीबी रेम र ३२ जीबी इन्टरनल स्टोरेज जरुरी छ । तर  सबै भण्दा महत्वपूर्ण काम भनेको कम्प्यूटर वा ल्यापटप अपडेट गर्नु भन्दा पहिला सबै महत्वपुर्ण फाइल्सको ब्याक-अप बनाउनु पर्छ ।

विन्डोज ८.१ वा विन्डोज १०, कुन सबैभन्दा राम्रो हुन्छ ?

विन्डोज १० प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ, विन्डोज ८.१ पनि प्रयोग गर्न मिल्छ तर माइक्रोसफ्ट कम्पनीले विन्डोज ८.१ पनि १० जनवरी २०२३ बाट बन्द गर्ने घोषणा गरेको छ । त्यसपछि फेरी अपडेट गर्नुपर्ने झन्झट हुन्छ । विन्डोज १० को पनि थुप्रै संस्करण छ तर सामान्य रुपमा प्रयोग गर्नको लागि कम्प्यूटर वा ल्यापटप प्रयोग हुन्छ भने विन्डोज होमले पनि काम चल्छ । यदि धेरै प्रायोग हुन्छ भने विन्डोज १०-प्रो हाल्दा राम्रो हुन्छ । यसमा थुपै विशेष फिचर्सहरु रहेका छन् ।

के सित्तैमा क्या विन्डोज ७ बाट विन्डोज १० मा अपडेट गर्न मिल्छ ?

जब माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ्ग सिस्टम लन्च गरेको थियो, त्यस समयमा कम्पनीले प्रयोगकर्तालाई विन्डोज ७ सित्तैमा विन्डोज १० अपग्रेड गर्न सक्नेछन् तर उक्त सुविधा २९ जुलाई २०१६ सम्म मात्र उपलब्ध थियो । साथै यसलाई एक प्रमोशनल अफर जस्तै गरि प्रस्तुत गरिएको थियो । अहिले भने विन्डोज ७ अपग्रेड गर्नको लागि पैसा तिर्नुपर्नेछ । विन्डोज १० होमको मूल्य १५ हजार रुपैया पर्छ र लाइसन्सको वैधता एक कम्प्यूटरको लागि मात्र हुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।