पुष २८ – नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ।

२०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि ९प्रोटोकल० अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो।

बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ ९कोराला० र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ। ने

पालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो।

सोही सहमति अनुसार दुई देशबीच ल्हासा, बेइजिङपछि र तेस्रोपटक काठमाडौँमा बसेको दुई देशका प्रतिनिधिले प्रोटोकललाई अन्तिम रूप दिएको थियो। प्रोटोकलमा सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको गत वैशाख तेस्रो हप्तामा भएको चीन भ्रमणका क्रममा यसमा हस्ताक्षर गरेकी थिइन्।

नेपालले चीनको बन्दरगाह उपयोग गरेको अवस्थामा खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ । त्यस्तै भारतसँगको निर्भरता पनि घट्दै जाने अपेक्षा गरिएको छ।

नेपालका व्यापारीले हाल भारतका दुईवटा बन्दरगाहमार्फत नेपालमा सामान आयात निर्यात गर्दै आएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।