Image may contain: one or more people and outdoor

मकवानपुर प्रहरीले ३१ किलो लागु औषध गाँजा सहित मोटर साईकल बरामद गरेको छ ।  मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा ना ६१ प २४९ को २२० पल्सर बरामद गरेको हो ।

प्रहरीले बाटोमा चेकिङ गरेको देख्न साथ मोेटरसाईकल फिर्ता गरी पश्चिमतर्फ भागेका चालकलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीअनायब निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलिले पिच्छा गर्दै जाँदा प्लास्टिकको बोरामा रहेको गाँजा बाटोमा छाडी फरार भएको प्रहरीले जनाएको छ ।
फरार रहेका गाँजा ल्याउने मानिसको पहिचान गरी पक्राउ गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।