पुस २८ – नेपाली बजारमा आज (सोमबार) फेरी सुनको मूल्य तोलामा २ सयले घटेर प्रतितोला ७४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ४ सयले बढेर प्रतितोला ७५ हजार कायम भएको सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ७४ हजार ८०० रुपैयाँ पुगेको हो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।