२७ पुस,गत शुक्रबारदेखि प्रदर्शनमा आएको एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको कथामा आधारित रहेको फिल्म ‘छपाक’ले बक्स अफिसमा मध्यम कमाइ गरिरहेको छ ।

अभिनेत्री दीपिका पादूकोण अभिनित फिल्मले पहिलो दिन साढे ४ करोडको व्यापार गरेको थियो भने दोस्रो दिन करिब ७ करोडको कमाइ गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म बक्स अफिस कलेक्शन सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार रिलिज भएको फिल्मले ४.७७ करोडको ओपनिङ्ग र शनिवार ६.९० करोडको कमाइ गरि १० करोडभन्दा बढीको व्यापार गरेको छ ।

फिल्म रिलिजअघि निकै विवादमा तानिएको थियो । केही दिनअघि मात्र दीपिका जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डसमेत चलाएका थिए । दीपिका पादूकोण र विक्रान्त मेसी अभिनित फिल्म भारतमा मात्रै १७ सय र विदेशमा ४ सय ६० हलमा प्रदर्शन भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।