हेटौंडा,२७ पुस,प्रदेश ३ को राजधानी हेटौंडा घोषणा भएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ३ को राजधानी हेटौंडा घोषणा गरेका हुन् ।

आईतबार प्रदेश ३ को राजधानी मकवानपुरको हटौंडा राख्ने मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा मतदान हुदाँ ११० जना प्रदेश सदस्य रहेको यस प्रदेशमा १०५ जना प्रदेश सदस्य ले हेटौंडाको पक्षमा मतदान गरेका थिए । यस्तै हेटौंडाको विपक्षमा ३ जना प्रदेश सदस्यले मतदान गरेका थिए ।

यस्तै यस अघि प्रदेश सदस्य रमेश पौडेलले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्तावमा मतदान भएको थियो । पौडेलको प्रस्तावको पक्षमा ३ जनाले मतदान गरेका थिए भने १०१ जनाले विपक्षमा मतदान गरेका थिए ।

राजधानी र नमाकरण गर्न बसेको आजको प्रदेशसभा बैठकमा १०८ जना प्रदेश सदस्य उपस्थित रहेका थिए । प्रदेश ३ ले झण्डै दुई वर्ष पछि प्रदेशको राजधानी हेटौंडा र नाम बागमतीले पुर्णता पाएको छ । प्रदेशको नाम बागमती राख्ने प्रस्तावमा भने सबैको सहमति रहेको छ । शनिबार राजधानीको लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रदेशसभामा प्रस्ताव दर्ता भएको थियो ।

नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्ती डोरमणी पौडेलले शनिबार प्रदेश ३ को स्थायी राजधानीको लागि हेटौंडा प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीको प्रस्तावमा कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बहादुर बाँनीयाले समर्थन गरेका थिए । यस्तै शनिबार नै प्रदेश ३ को स्थायी राजधानी कोभ्रेको धुलिखेलको लागि विवेकशिलका रमेश पौडेलले प्रस्ताव गरेका थिए । प्रदेशसभा सदस्य पौडेलको प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थन जनाएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।