हेटौंडा,२७ पुस,प्रदेश ३ को नाम बागमती घोषणा भएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको दोस्रो प्रदेशसभा बैठकमा प्रदेश ३ को नाम बागमती घोषणा गरेका हुन् ।

प्रदेश ३ को नामको लागि एक मात्र नाम बागमती प्रस्ताव गरिएको थियो ।  आईतबार प्रदेश ३ को नाम बागमती राख्ने काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा मतदान हुदाँ १०८ प्रदेश सदस्यले प्रदेशको नाम बागमती राख्ने पक्षमा मतदान गरेका थिए ।

यो पनि :

प्रदेश ३ को राजधानी हेटौंडा घोषणा,१०५ जना प्रदेश सदस्यले गरे हेटौंडाको पक्षमा मतदान

यस अधि आज बसेको पहिलो प्रदेशसभा बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडा राख्ने मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा १०५ जना प्रदेश सदस्यले हेटौंडाको पक्षमा मतदान गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।