file photo

पुष २७ – प्रदेश नं ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियालाई बधाई सहित धन्यवाद दिएका छन् ।

आज राष्ट्रिय एकता दिवसको अबसरमा पार्टीद्वारा नेपाल पुलिस क्लबमा आयोजित चियापान समारोह सकिनासाथ थापाले मुख्यमन्त्री पौडेल र बानियाँलाई टेलीफोन सम्पर्क गरि बधाई सहित शुभकामना दिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

थापाले ट्विटमार्फत पनि बधाई दिएका छन् भने अन्य प्रदेशको निमित्त पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुनसक्ने उल्लेख गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।