file photo

२६ पुस,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका लागि कम्युनिष्ट विचारधाराका सबै एक ठाउँमा अटाउन सकिने बताए । कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।