हेटौंडा,२५ पुष – निर्मला पन्त हत्याकाण्डमा आधारित फिल्म ‘कोपिला’को पहिलो च्यारिटी सो हेटौंडामा हुने भएको छ । च्यारिटी सो मकवानपर जागरण अभियानको आयोजनामा हुन लागेको हो ।

सो माघ १० गते हेटौंडाको एनएस सिनेमा हल नारायणी महलमा पर्दशन हुने भएको हो । माघ १० गते विहान साढे आठ बजे हुने सोमा निर्मला पन्तकी आमाको पनि उपस्थिती रहने र उनीलाई ५० हजार रुपैया सहयोग हस्तान्तरण गरिने निर्माता मणिराज गौतमले आज भएको पत्रकार सम्मेलनमा जानकारी दिए । चलचित्रबाट हुने आम्दानीलाई विभिन्न सेवामुलक कार्यमा सहयोग गरिने फिल्म युनिटले जानकारी दियो ।

फिल्ममार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको निमार्ता मणिराज गौतमले बताए ।

‘कोपिला’ मा निर्मलको भूमिका सञ्जिवनी खरेलले निभाएकी छन् । झट्ट हेर्दा उनी निर्मला जस्तै देखिन्छिन् ।

फिल्ममा आमाको भूमिकामा सरिता गिरी र पिताको भूमिका गणेश गिरीले निभाएका छन् । फिल्ममा ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छांयाकन र दिपक शर्माको संगीत छ ।

कोपिला शिवम् अधिकारीले फिल्मको निर्देशन गरेका हुन् । यसअघि ‘पञ्चायत’ फिल्म निर्देशन गरेका हुन् । चितवन आसपासमा फिल्मको छायांकन गरिएको हो । गणेश गिरीको प्रस्तुति रहेको फिल्मका निर्माता मणिराज गौतम हुन् ।

हेर्नुस् कोपिलाको ट्रेलर :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।