file photo

पुष २४- कपाका सांसद् रामनारायण बिँडारीले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सरोकारवालाहरू निरीह देखिएको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिँडारीले यस्तो कुरालाई नजरअन्दाज गर्नेहरूलाई सात जुनीसम्म पाप लाग्ने बताए ।

‘सडकको सिद्धान्त के हो ? त्यो सिद्धान्तअनुसार सडक कसरी बनाउनुपर्छ ? सडकका बडेमान–बडेमान खाल्डाहरू र डङ्ग्रङ–डङ्ग्रङ हुने गरी सडकबाट गर्लम्ग-र्लम् मान्छेहरू भीरबाट खस्दाखेरी मुसुमुसु हाँसेर बस्ने हाम्रो देशका ब्यूरोक्र्याट्स, हाम्रा देशका इञ्जिनियरहरू, तिनीहरूलाई सात जुनीसम्म पाप लाग्छ कि लाग्दैन ?’ सांसद बिँडारीले भने ।

२०७१ सालयता सवारी दुर्घटनामा परी १० हजार जनाले ज्यान गुमाएको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।