पुष २३ – इरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबैजनामो मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाइक्षर्् उद्धृत गर्दै अन्तराष्ट्रि सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृत्यु भएको  हो ।

तेहरानबाट युक्रेनका उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट  इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन् । विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल  विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको हो ।

इरानले इराका अमेरिकी सेनाको दुई आधार शिविरमा आक्रमण गरेको केहिघण्टापछि विमान दुर्घटना भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।