हेटौँडा,२२, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले प्रदेश नंबर ३ को राजधानी हेटौँडाबाट दायाँबाँया नहुने बताएका छन् ।

राजधानीको विषयमा अध्यक्ष ओलीसँग थप कुरा गर्न पुगेका प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेश ३ का सचिव नारायण दाहाललगायतको टोलीलाई उनले हेटौँडाको विकल्पनै हुन नसक्ने बताएको जनाईएको छ ।

हेटौँडालाई राजधानी बनाउने विषय बिचको क्षेत्रको मात्र विषय नभएको भन्दै ओलीले हेटौँडालाई राजधानी बनाउनुमा अन्य महत्वपूर्ण विषयहरु पनि भएको बताएको नेताको भनाई छ ।
केपी ओलीको निर्देशनपछि त्यहा गएका नेतहरुले खासै केहिपनी प्रतिक्रिया नदिएको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।