नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को संसदीय दलको बैठक तस्विर/खबरब्रेक

हेटौँडा,२०, पुस ।
हेटौँडामा शुक्रबारदेखि जारी नेकपा प्रदेश तीनको संसदीय दलको बैठक आज पनि सकिएन् । आज २३ जना सांसदहरुले आफ्नो मत राखे । बैठकमा हालसम्म ६३ जनाले आफ्नो मत राखेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदरुले केन्द्रको निर्णय मान्ने अभिब्यक्ति दिएको बैठकमा सहभागि रहेका सांसदहरुले बताएका छन् । केन्द्रको निर्णय मान्ने भन्नुको अर्थ हेटौँडा र वागमतीलाई स्विकार गर्नु भएको कारण पनि भोली सोहि अनुसारको निर्णय हुने ति सांसदको भनाई रहेको छ ।

बैठक भोली पनि बस्ने र निर्णय गर्ने जनाईएको छ । भोली नै हुने प्रदेशसभाको बैठकमा नेकपाको तर्फबाट सर्वसंवतीको निर्णय गर्नेगरि नेकपाको संसदीय दलको बैठक भैरहेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।