हेटौंडा, १५ पुस,कार्यविधि निर्माणमा ढिलाई गर्दा प्रदेश ३ सरकारले गत वर्ष ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

गत वर्षको नीति तथा योजनामा समावेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम समयमा कार्यविधि नबन्दा चालु आवको हालसम्म कार्यान्वयन हुन नसकेको हो । गत वर्ष पनि शुरुबाटै सञ्चालन गर्ने बताएको प्रदेश सरकारले चैत महिनाबाट मात्रै सो कार्यक्रम सञ्चालन गरेको थियो भने यो चालु आवको आधा समय बितिसक्दा पनि शुरु हुन सकेको छैन ।

शुरुमा पाँचवटा जिल्लाबाट मात्रै शुरु गरेको प्रदेश सरकारले यस वर्ष प्रदेशको १३ वटै जिल्लामा कार्यक्रमलाई बिस्तार गर्न लागेको हुदा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई संसोधन गर्दा ढिलाई भएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । केहि समयअघिमात्रै मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपनि कार्यानन्वयन भई कार्यक्रम सञ्चालन हुन अझै एक महिना लाग्न सक्ने मन्त्रालयका एक अधिकारीले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।