पुष १४ – स्लिमिङ बेल्ट, जसलाई कम्प्रेशन बेल्ट पनि भनिन्छ । साधारण भाषामा यो एउटा यस्तो पेटी हो, जसलाई कम्मरमा बाँध्दा ९लगाउँदा० बढेको पेट घट्ने बताइन्छ ।

अहिले धेरै व्यक्तिहरु आफ्नो तौल तथा पेटको आकार ९साइज० घटाउनका लागि भनेर यस्तो बेल्ट (पेटी) प्रयोग गर्ने गर्छन् । तर, यसले तौल तथा बढेको पेटको आकार घटाउन वास्तममै काम गर्छ त रु यसतर्फ भने कमैले मात्रै सोच्छन् ।

धेरै मानिसहरुले यस्तो पेटी प्रयोग गरेपछि पेट घटेको महसुस गर्ने गर्छन् । यस्तो महसुस गर्नुको एउटा कारण यो पनि हो कि यसलाई बाँधेपछि कम्मर तथा पेटमा पसिना आउँछ ।

तर, यस्तो पसिना त तपाईंले कम्मर तथा पेटमा कुनै बाक्लो कपडा बाँध्दा पनि आउँछ नि ! स्लिमिङ बेल्टले तपाईंको पेटमा जम्मा भएको बोसो पगालेर पसिना बगाउँदैन । यसले शरीरमा भएको पानीलाई मात्रै पसिनाका रुपमा बाहिर निकाल्ने हो ।

धेरै मानिसहरुमा टेलिभिजन तथा अनलाइन च्यानलहरुमा स्लिमिङ बेल्टबारे देखाइने विज्ञापनको असर परेको हुन्छ । यस्ता विज्ञापनमा सुन्दर शरीर भएका मोडेलहरुलाई प्रयोग गरेर तपाईंलाई ती बेल्टहरु खरिद गर्नका लागि लोभ्याइन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने ती विज्ञापनमा देखिने ती मोडेलहरुले पहिले नै तयार पारिएको स्क्रिप्ट मात्रै पढ्छन् । यो विज्ञापन मात्रै हो ।

यदि तपाईं दैनिक रुपमा व्यायाम गर्नुहुन्छ, जीम जानुहुन्छ भने त्यतिबेला यस्तो बेल्टहरुलाई प्रयोग गर्दा केही लाभ प्राप्त गर्न सकिन्छ । यसले तपाईंको शरीरको पसिना छिटो बगाउनका लागि मद्दत गर्न सक्छ ।

हामीले याद राख्नुपर्ने कुरा के हो भने शरीरको तौल तथा आकार घटाउनका लागि कुनै पनि छोटो विधि हुँदैन । न त जादुमयी तरिकाले नै तौल घटाउनका सकिन्छ । तौल घटाउनका लागि तपाईंले नियमित रुपमा व्यायाम गर्नुपर्ने हुन्छ र आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यदि तपाईंको पेट बढेको छ भने तपाईंले नियमित व्यायाम गरेर, दौडेर, साइक्लिङ गरेर आफ्नो पेट घटाउन सक्नुहुन्छ । तर, पेट घटाउनकै लागि भनेर कुनै पनि स्लिमिङ बेल्टको भर पर्नु भनेको आफ्नो पैसा खेर फाल्नु मात्रै हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।