हेटौंडा, ११ पुष – मकवानपुर उद्योग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालिबिच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा शुक्रबार सम्झौता पत्र आदनप्रदान भएको छ ।

हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्र आदानप्रदान भएको हो । सम्झोता पत्र अनुसार अस्पतालले संघका सबै सदस्यहरुलाई ओपिडी बाहेकको उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख रहेको छ । । जसमा ल्याबोरेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधी शुल्कमा सात प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने भएको सम्झौता पत्रमा उल्लेख रहेको छ ।

सेवा लिन आउने सदस्यहरुले संघका नविकृत सदस्य भएको कार्ड बोकेर आउनुपर्ने पत्रमा उल्लेख गरिएको छ । नविकृत नभएका सदस्यहरका लागि उतm सुविधा प्रदान नगरिने बताईएको छ । त्यस्तै संघका नविकृत सदस्यहरुको एकाघरमा आश्रित परिवारलाई पनि यो सुविधा प्रदान गरिनेछ । त्यसका लागि नाता प्रमाणितहुने कागजात अनिवार्य पेश गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख रहेको छ ।

त्यसैगरि नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी भएका सदस्यहरुको हकमा यो सुविधा लागु नहुने लेखिएको छ । यस सेवा तथा सुविधाको लागि संघले नै सदस्यहरुलाई प्रचारप्रसार गराउने भनिएको छ । यस सम्झौता पत्र तीन वर्षमा नविकरण हुनेछ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट र यता अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर, व्यवस्थापक सुरेन्द्र बडु बिच सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।