हेटौंडा, ३० मंसिर, ‘सडकमै जाउँ, सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ हेटौंडामा खाना महोत्सव हुने भएको छ ।  हेटौंडा बजारको मुख्य सडकमा आयोजना हुँदै आएको खाना महोत्सव यस वर्ष भने हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रा चौरमा हुने होटेल एसोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले आज आयोजित पत्रबार सम्मेलनमा जानकारी दिए ।

यही पुस ११ देखी १३ गते सम्म ३ दिन संचालन हुने महोत्सवमा ४० वटा विभिन्न खानाको स्टल राखिने उनले बताए । श्रेष्ठले महोत्सबमा स्थानीय कलिउड कला केन्द्रका कलाकारहरुबाट नृत्य प्रस्तुत हुने र महोत्सवको अन्तिम दिन राष्ट्रिय कलाकार रंजित परियार तथा चिजा तामाङले प्रस्तुती दिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गर्दै आयोजना गर्न लागिएको महोत्सवको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्ने तय भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।