हेटौंडा, ३० मंसिर,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोल स्थित सुमोपार्कमा यात्रुसँग निर्धारित टिकट दर भन्दा बढी रकम असुल्ने  एक जना पक्राउ परेका छन् ।

आईतबार मकवानपुर प्रहरीले सुमोपार्कमा हेटौंडा बाट काठमाण्डौं जाने यात्रुसँग निर्धारित टिकट दर भन्दा बढी रकम मागी,नदिने यात्रुहरुलाई जबर्जस्ती सुमोबाट ओराली रहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नंबर १ पिपलबोट बस्ने वर्ष २९ को रामचन्द्र मोक्तानलाई पक्राउ गरेको हो ।  पक्राउ परेको मोक्तानको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

हेटौंडा-काठमाण्डौं चल्ने सुमोको मनलाग्दी भाडा:

सुमो काउन्टरमा सुमोको कृत्रिम अभाव सिर्जना गरी यात्रुसँग बढी भाडा असुल्ने गरेका छन् । हेटौंडा-काठमाण्डौं जोड्ने छोटो दुरीको मार्ग भएर चल्ने सुमोबाट दैनिक सयौ यात्रुहरु ठगिदाँ सम्म स्थानिय प्रशासन मौन छ ।

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भएर चल्ने सुमोबाट वर्षेनी चाडपर्वको समय तथा अन्य समयमा ठगीधन्दा हुने बारे प्रशासनलाई जानकारी हुदाँ समेत यात्रुहरु सधैं ठगिनु पर्दा आमनागरिकले सुशासनको अनुभूति गर्न नपाएको यात्रुहरुको गुनासो छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।