मंसिर ३० – प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो। पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । अदालतमा उपस्थित गराएर उनलाई पुनःविराटनगरस्थित विराट नर्सिङ होममा नै लागिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।