मंसिर ३० – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २-१ को जित दर्ता गरेको हो ‌। आर्मीको जितमा नवयुग श्रेष्ठ र दीनेश हेन्जनले गोल गरे ।

चौथो मिनेटमै नवयुगको श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको थियो । गोलरक्षक अघि बढेको अवस्थामा उनले गोल गरेका थिए । पहिलो हाफमा आर्मी १-० ले अगाडि रहेको थियो ।

५१ औं मिनेटमा शक्ति राईले गोल गर्दै खेल बराबरीमा ल्याए । सेसेहाङ आङदेम्बेको ब्याक पासमा सुमनले नभेटेको बललाई शक्तिले दोस्रो वर च्याप्दै गोल । ६०औं मिनेटमा कप्तान भरत खवासको प्रहार आकासियो ।

६३ औं मिनेटमा सुमनको क्रसमा नवयुगले बक्समा भेट्न सकेनन् । त्यसमै टंक बस्नेतको क्रसलाई नवयुगले सदुपयोग गर्न सकेनन् । त्यसमै सुमनको प्रहार बाहरियो । ७२औं मिनेटमा जर्जप्रिन्स कार्कीको हेडरले पोस्टको दिशा लिन सकेन ।

८१औं मिनेटमा भरत खवासको कर्नरमा बिमल पाण्डेको हेडरमा अनमार्क रहेका दिनेश हेन्जनको वान टचमा गोल । यससँगै आर्मीले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।