एजेन्सी,वर्ष २०१९ सकिने क्रममा छ । वर्षको अन्तिम महिना डिसेम्बरको आधासम्म आइपुग्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता लिइरहेका छन् । युरोपियन टप–५ लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीले ३३ गोलका साथमा शीर्ष स्थान बनाएका छन् । उनलाई जर्मन क्लब बायर्न म्यूनिखका रोवर्ट लेवान्डोस्कीले पछ्याइरहेका छन् । लेवान्डोस्की मेस्सीभन्दा ३ गोलले पछि छन् ।

३० गोलसहित लेवान्डोस्की दोस्रो स्थानमा हुँदा २९ गोलसहित किलियन एम्बाप्पे तेस्रो स्थानमा छन् । फ्रेन्च लिग वानमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इटेन्नीविरुद्ध ४–० गोलको शानदार जित निकाल्दा एम्बाप्पेले २ गोल गरेका थिए ।

यसैगरी चौथो स्थानमा भने जेमी भार्डी छन् । इंग्लिस क्लब लेइस्टर सिटीका स्टार भार्डीले २०१९ को सिजनमा अहिलेसम्म २८ गोल गरेका छन् । भार्डीको उल्लेखनीय भूमिकामा लेइस्टर हाल प्रिमियर लिगको दोस्रो स्थानमा छ ।  यस्तै पाँचौँ स्थानमा भने रियल मड्रिडका स्टार करिम बेन्जेमा छन् । उनले २७ गोल गरेका छन् । ला लिगामा भने अहिले उनी १२ गोलका साथ शीर्ष स्थानमा छन् । समान १२ गोल गरेका मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । बेन्जेमाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दा रियललाई हारबाट बचाएका थिए । भ्यालेन्सियाकै मैदानमा भएको उक्त खेलको इन्जुरी समयमा गोल गर्दै बेन्जेमाले रियललाई हारबाट जोगाए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।