साङ्केतिक तस्वीर

काठमाण्डौ,कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उनको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।